नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।
सोमबार अपारह्न कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो। केन्द्रीय समिति बैठक आसन्न राष्ट्रिय सभा निर्वाचनको एजेन्डामा केन्द्रित छ।
बैठकले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि चुनावी तालमेल र उम्मेदवार चयनको विषयमा निर्णय गर्ने जनाइएको छ। राष्ट्रिय सभाका लागि पुस २३ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ।
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र मधेस केन्द्रित दलबीच चुनावी तालमेलको कसरत भइरहेको छ।
174
Shares

प्रतिक्रिया