सरकारले नेपाल र इजरायलबीच हुनलागेको श्रम सम्झौतालाई अनुमोदन गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको हो।
बैठकले नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र समेत स्वीकृत गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
उनका अनुसार बैठकले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश–२०८२ र वन तेस्रो संशोधन नियमावली २०८२ पनि स्वीकृत गरेको छ।
48
Shares

प्रतिक्रिया