नेपाली कांग्रेसभित्र संस्थापन पक्ष तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहबीचको विवाद उत्कर्षमा पुगेपछि सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार भोलि पुस २१ गते सोमबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बस्नेछ।
विवादको चुरो: विशेष महाधिवेशन
पार्टीभित्रको विवाद तब ‘वारपार’को अवस्थामा पुग्यो, जब महामन्त्रीद्वय थापा र शर्माले पुस २७ र २८ गतेका लागि पार्टीको ‘विशेष महाधिवेशन’ आह्वान गरे। महामन्त्रीद्वयको यो कदमलाई संस्थापन पक्षले विधानविपरीत र विद्रोही गतिविधिको रूपमा लिँदे अएको छ।
विशेष महाधिवेशनको घोषणासँगै कांग्रेसभित्र औपचारिक रूपमै दुई समानान्तर शक्ति केन्द्र देखिएका छन्, जसले पार्टीलाई फुटको संघारमा पुर्याने हो कि भन्ने चिन्ता कांग्रेस वृत्तमा हुने गरेको छ।
‘मध्यमार्गी’ बाटोको खोजी
पार्टीभित्र बढ्दो ध्रुवीकरणले समस्या गहिरिने देखिएपछि सभापति देउवाले मध्यमार्गी बाटो खोज्न कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। बैठकमा देउवा पक्षले महामन्त्रीहरूलाई आफ्नो निर्णयबाट पछि हट्न दबाब दिने रणनीति बनाएको छ भने महामन्त्री समूहले नेतृत्व परिवर्तनको एजेन्डालाई थप सशक्त बनाउने तयारी गरेको छ।
Shares

प्रतिक्रिया