नेपाल चिकित्सक संघको निर्वाचन हाललाई नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश ऋषिराम निरौला र दीपक खनालले संयुक्त इजलासले आइतबार निर्वाचन प्रक्रिया नियमअनुसार पूरा नभएको भन्दै यस्तो त्यसलाई रोक्न आदेश दिएको हो।
डा अजय कुमार मिश्र र डा गणेश चौधरीले नेपाल चिकित्सक संघलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए।
आदेशमा अन्तिम आदेश नआएसम्म हाललाई यथास्थितिमा निर्वाचन प्रक्रिया अघि बढाउन भनिएको छ।
चिकित्सक संघको माघ २ र ३ गते निर्वाचन मिति तोकिएको छ।
84
Shares

प्रतिक्रिया