राष्ट्रिय स्वतन्त्र पार्टीले ४ पदाधिकारी थपेको छ।
केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीको आकार बढाउने निर्णय गरेको छ।
बैठकले उपसभापति १, महामन्त्री १, सहमहामन्त्री १ र सहप्रवक्ता १ थप्ने निर्णय गरेको हो।
काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र कुलमान घिसिङको पार्टी उज्यालो नेपालसँग एकताको सहमतिपछि रास्वपाले पदाधिकारी थप्ने निर्णय गरेको हो।
रास्वपामा यसअघि सभापति, २ उपसभापति, महामन्त्री, सहमहामन्त्री ३, कोषाध्यक्ष १ र २ सहप्रवक्ता थिए।
अब ४ पदाधिकारी थपिएसँगै रास्वपा पदाधिकारीको संख्या कम्तिमा १४ सदस्यीय हुनेछ।
684
Shares

प्रतिक्रिया