नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले सरकार आफैं निर्वाचन बिथोल्ने प्रक्रियामा लागेको आरोप लगाएका छन्।
आइतबार जनकपुरमा सञ्चारकर्मीसँग बोल्दै उनले जेनजी आन्दोलनपछि लुटिएका हतियार र फरार कैदीबन्दी फिर्ता नआउनुबाट सरकार चुनाव गराउन नचाहेको स्पष्ट हुने दाबी गरे।
‘लुटिएका हतियार र भागेका कैदीहरू अझै बाहिर छन्,’ महासेठले भने, ‘यस्तो अवस्थामा चुनाव कसरी सम्भव हुन्छ? एमाले चुनावबाट भाग्दैन, तर संविधान र सर्वोच्च अदालतको नजिरअनुसार निर्णय हुनुपर्छ।’
महासेठले संघीयता, लोकतन्त्र र गणतन्त्रसहितको संविधान रक्षाका लागि एमाले कांग्रेससँग सहकार्य गर्न तयार रहेको पनि बताए।
36
Shares

प्रतिक्रिया