नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाखमा गर्ने निर्णय गरेसँगै महामन्त्री गगन थापाले पुसभित्रै विशेष महाधिवेशन गर्ने बताएका छन्।
शक्रुबार साँझ केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले बहुमतले महाधिवेशनको कार्यतालिका पारित भएको बताए। विधानअनुसार, महाधिवेशनको कार्यतालिका पारित गरिएको भए पनि विधान अनुसार नै विशेष महाधिवेशन हुने बताए।
‘मन लागेको विषयमा विधान हेर्ने, मन नलागेको विषयमा विधान नहुर्ने भन्ने हुँदैन। विशेष महाधिवेशनबारे निर्णय हुनैपर्छ,’ थापाले भने, ‘एक–दुई दिनको समय छ। केन्द्रीय कार्यसमितिको बैठक राखेर विशेष महाधिवेशन बोलाउनुपर्छ।’
केन्द्रीय कार्यसमितिको बैठक बोलाएर विशेष महाधिवेशनका विषयमा निर्णय नभएमा आफूले विशेष महाधिवेशन गर्ने थापाको भनाइ थियो। महामन्त्री भनेको कांग्रेसको केन्द्र भएकाले त्यसका आधारमा विशेष महाधिवेशन गर्ने उनले बताए।
विधान अनुसार, नै महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेकाले त्यहीअनुसार, केन्द्रले निर्णय गर्नुपर्ने बताउँदै महामन्त्री थापाले भने, ‘म टुलुटुृल हेरेर बस्दिँन। विधानको धारा अनुसार जान्छु। आफ्नो अधिकार प्रयोग गरेर विशेष महाधिवेशन गर्छु।’
एक–दुई दिन केन्द्रीय कार्यसमितिलाई पर्खिने उनले बताए। ‘केन्द्रीय कार्यसमितिले आयोजना गर्ने वा नगर्ने एक–दुई दिनमा प्रष्ट हुन्छ,’ थापाले देशभकार महाधिवेशन प्रतिनिधिलाई आह्वान गर्दै भने, ‘पुस मसान्तभित्र विशेष महाधिवेशनका लागि काठमाडौं आउने तयारी गर्नुहोला।’
Shares

प्रतिक्रिया