राजनीति


कांग्रेस विभाजन हुँदैन, कसैले सोचेको छैन : विश्वप्रकाश शर्मा

कांग्रेस विभाजन हुँदैन, कसैले सोचेको छैन : विश्वप्रकाश शर्मा

नेपालखबर
पुस १८, २०८२ शुक्रबार १५:५९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विभाजनको कुरा कसैले नसोचेको बताएका छन्।

शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै शर्माले अहिले देखिएको महाधिवेशनको विवाद समाधान हुने बताए। ‘महाधिवेशनको विषयलाई मुस्कुराउँदै समाधानमा पुर्‍याउँछौँ,’ शर्माले भने। 

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार संयुक्त वक्तव्य जारी गरेर नियमति महाधिवेशन स्थगित भएको घोषणा गरेका थिए। त्यसलाई लिएर कांग्रेस विभाजनतिर लग्न खोजेको संस्थापन पक्षका नेताहरूले आरोप लगाइरहेका छन्। 

यस विषयमा सोधिएको प्रश्नमा महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेससँग सिंगो समाजलाई जुटाउनुपर्ने दायित्व छ। यस्तो वेलामा नेपाली कांग्रेस विभाजिन हुने कुरा विलकुलै आउँदैन, कसैले सोचेको छैन।’

नियमित महाधिवेशनको कार्यतालिका अघि बढ्न नसकेकाले विशेष महाधिवेशनको कुरा आएको उनको भनाइ थियो। कार्यसम्पादन समितिको बैठकले यस विषयमा निर्णय गर्ने उनले बताए। 

यो पनि पढ्नुहोस् : चर्कियो कांग्रेस विवाद, दुई दिनमा के के भयो?
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad