राजनीति


पूर्वी क्षेत्रको निरीक्षणमा सुधन, नागरिकलाई एकै ठाउँबाट सेवा दिन निर्देशन

पूर्वी क्षेत्रको निरीक्षणमा सुधन, नागरिकलाई एकै ठाउँबाट सेवा दिन निर्देशन

नेपालखबर
असार २०, २०८३ शनिबार १३:३६, विराटनगर

गृहमन्त्री सुधन गुरुङ मोरङ पुगेका छन्। उनले जिल्ला प्रशासन कार्यालयको निरीक्षण गर्दै प्रशासनिक सुधार र सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन दिएका छन्। 

शनिबार जिल्ला प्रशासन कार्यालयको स्थलगत अनुगमनका क्रममा मन्त्री गुरुङले सरकारी कर्मचारीको कार्यशैली र जनताले भोग्नुपरिरहेको समस्यालाई समाधान हुने गरि काम गर्न निर्देशन दिए। ​सेवाग्राहीको प्रत्यक्ष मर्का बुझ्ने मुख्य जिम्मेवारी पाएका अधिकारीहरू अग्रभागमा नदेखिने र जिम्मेवारीबाट पन्छिने गरेको भन्दै उनले नेतृत्वदायी भूमिकामा रहेकाहरूले पछाडि बसेर मातहतका कर्मचारीको कामको अनुगमन गर्नुपर्ने बताए। 

वरिष्ठ अधिकारीहरूले पछाडिबाट सही ढंगले व्यवस्थापन र रेखदेख गर्ने हो भने सबै काम एकै लाइनबाट सर्लक्क सकिने र सर्वसाधारणले घण्टौँ लाइन बस्नुपर्ने तथा अलमलिनुपर्ने अवस्था अन्त्य हुने उनको भनाइ थियो।

उनले भौतिक पूर्वाधारमा हुने लगानी सदुपयोग गर्नुपर्ने बताए। चार–पाँच करोड रुपैयाँ खर्च गरेर भव्य भवन ठड्याउँदैमा सुशासन नआउने उनको भनाइ थियो। 

भौतिकसंरचनाभन्दा पनि त्यहाँभित्रबाट जनताले पाउने सेवा नै मुख्य पक्ष भएको उनले बताए। टाढा–टाढाबाट आउने सर्वसाधारणलाई प्रशासनिक भवनको चमकधमकले भन्दा पनि छिटो छरितो सेवाले राहत दिने उनले भनाइ थियो। 

निरीक्षणका क्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जेनजी आन्दोलनका क्रममा क्षति भएका संरचनाबारे जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad