राजनीति


एमाले कार्यकर्तालाई ओलीको निर्देशन: निर्वाचनका लागि सबै तरिकाले तयार रहनूस्

एमाले कार्यकर्तालाई ओलीको निर्देशन: निर्वाचनका लागि सबै तरिकाले तयार रहनूस्

नेपालखबर
पुस १८, २०८२ शुक्रबार १३:३५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी-पंक्तिलाई निर्वाचनका लागि सबै तरिकाले तयार रहन निर्देशन दिएका छन्।

नयाँ वर्ष सन् २०२६ का अवसरमा बिहीबार साँझ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओली एमाले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन्। 

निर्वाचनका लागि तयार रहन निर्देशन दिँदै अध्यक्ष ओलीले भने, ‘नतिजा निकाल्ने गरी लाग्नुपर्छ। निर्वाचनका लागि सबै तरिकाले तयार रहनूस्।’

निर्वाचनमा जनअभिमत स्वेच्छाले प्रकट हुन पाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले शान्तिपूर्ण वातावरणमा स्वच्छ निर्वाचन जहिले भए पनि एमाले सहभागी हुने बताए। 

यद्यपि विघटित प्रतिनिधिसभा पुनर्स्थापना गरी त्यसबाट समस्या समाधान खोजिनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उनले बताए।

उनले भने, ‘जननिर्वाचित सरकार ढल्नु भनेको देशमा लोकतन्त्र र संविधान ढल्नु हो, जनताको सार्वभौमसत्ता थिचिनु, मिचिनु र ढालिनु हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad