तीन दशकदेखि त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले स्वदेशी तथा विदेशी विद्यार्थीलाई दिइरहेको ‘समकक्षता’ आगामी साउन १ देखि विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उपलब्ध गराउने भएको छ।
सरकारले केही नेपाल ऐन संशोधन गरी समकक्षता साउन १ देखि यूजीसीबाट प्रदान गर्ने निर्णय गरेको हो।
सोबमोजिम आयोगका सदस्य प्राडा योगेन्द्रबहादुर गुरुङको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएर समकक्षता सम्बन्धी कार्यविधि तथा समकक्षता नीति बनाउन सुरु गरिएको छ।
यसैबीच आयोगले आवश्यक तयारीका लागि सरकारसँग थप २३ कर्मचारी माग गरेको छ।
स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गरी नेपालमा थप अध्ययन र काम गर्न विषयगत समकक्षता आवश्यक पर्छ।
विदेशी विश्वविद्यालयहरूमा हासिल गरेको शिक्षा नेपाल सुहाउँदो छ वा छैन भन्ने स्तर निर्धारण गरी समकक्षता दिइन्छ।
Shares

प्रतिक्रिया