राजनीति


ओलीसँग भेटपछि प्रचण्ड र नेपालबीच भेटवार्ता

ओलीसँग भेटपछि प्रचण्ड र नेपालबीच भेटवार्ता

नेपालखबर
बैशाख २२, २०७७ सोमबार ११:२७,

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेलगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन्।

ओलीलाई भेटेर खुमलटार निवास फर्केपछि प्रचण्डले नेता नेपाललाई बोलाएका हुन्। दुई नेताबीच खुमलटारस्थित प्रचण्डनिवासमा छलफल भइरहेको नेपालनिकट स्रोतले जनाएको छ।

सोमबार मध्यान्ह प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल भएको थियो। छलफलमा स्थायी समितिको बैठकका विषयमा कुराकानी भएको बताइएको छ।

नेकपाको शनिबार बसेको सचिवालय बैठकले पार्टीलाई एकतावद्ध गरेर लैजाने निर्णय गर्दै स्थायी समितिको बैठक बैशाख २५ गतेलाई तय गरेको थियो।

याे पनि:

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

नेकपा स्थायी समिति बैठक: २० नेताले पेस गर्दैछन् पुरक प्रस्ताव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad