राजनीति


बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टिमा नेपालबाट परराष्ट्रमन्त्री शर्मा सहभागी हुँदै

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टिमा नेपालबाट परराष्ट्रमन्त्री शर्मा सहभागी हुँदै

फाइल तस्बिर : परराष्ट्रमन्त्री बालानन्द शर्मा


नेपालखबर
पुस १६, २०८२ बुधबार १०:२, काठमाडौँ

परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन त्यसतर्फ गएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार उनी गएराति बंगलादेशको राजधानी ढाका प्रस्थान गरेका हुन्। 

मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी पनि सहभागी छन्। 

उनी पुस १७ गते स्वदेश फर्किने कार्यक्रम छ।

बंगलादेशकी पहिलो प्रधानमन्त्रीसमेत रहेकी खालिदा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष थिइन्। 

उनको ८० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad