नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प नरहेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देशमा एकतालाई बलियो बनाउन, शान्ति र समृद्धिको दिशालाई अघि बढाउन नेपाल कम्युनिष्ट पार्टीको विकल्प नभएको जिकिर गरे।
उनले नेकपाले नै अब राजनीतिमा देखापरेका विकृतिहरू अन्त्य गर्ने दाबी गरे। आम नेपाली जनताको बीचमा एकताको, आपसी सद्भावको सन्देश संप्रेषण गर्न जरुरी रहेको बताए। समाजवादी क्रान्तिको कार्यक्रमलाई आत्मसात गर्ने बाहेक अरु कुनै विकल्प नरहेको बताए।
उनले भने, ‘नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैन। देशमा एकतालाई बलियो बनाउनु छ भने शान्ति र समृद्धिको दिशालाई अघि बढाउनु छ भने राजनीतिमा देखापरेका विकृतिहरू अन्त्य गर्नुछ भने, समाजमा देखापरेका विसंगतिहरुलाई समाप्त पार्नुछ भने आम नेपाली जनताको बीचमा एकताको, आपसी सद्भावको सन्देश संप्रषण गर्नुछ भने त्यसको निम्ति नेपाली कम्युनिष्ट पार्टीले जुन विचार अघि सारेको छ, सिद्धान्त अघि सारेको छ, कार्यक्रम अघि सारेको छ, समाजवादी क्रान्तिको कार्यक्रम, यो कार्यक्रमलाई आत्मसात गर्ने बाहेक अरु कुनै विकल्प छैन।’
सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टीमा अनेक राजनीतिक दलहरू एकतावद्ध भइरहेको बताए।
Shares

प्रतिक्रिया