आउँदो प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा (एमाले)ले समानुपातिकतर्फ ११० जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।
सोबार साँझ एमाले केन्द्रीय सदस्य तथा निर्वाचन विभागका सदस्य निरज आचार्य नेतृत्वको टोलीले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाएको हो। एमाले बुझाएको बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, पुष्प कँडेल प्राथमिकतामा परेका छन्।
त्यस्तै, महिला समूहबाट पद्मा अर्याल, टुका हमाल, निरुदेवी पाल, कोमल वली, शान्ता चौधरी, भूमिका सुब्बालगायतका नाम समेटिएको छ।
पीछडिएको क्षेत्रतर्फ गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत गरी आठ जना समेटिएका छन्। साथै अपांगता भएका व्यक्तिको प्रतिनिधित्व हुने गरी सूचीमा समावेश गरिएको एमालेका नेताहरूले बताएका छन्।
एमालेले मीना बराम, मनकुमारी तितुङ, मायादेवी पोडेनी, निर्मल दौला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरी, क्रान्ति बुर्लाकोटी, अनिता कन्दङ्वालगायतका युवा नेता पनि समावेश गरेको छ।
Shares

प्रतिक्रिया