राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ।
आगामी निर्वाचनमा सँगै जाने गरी सहमति भएको जेजनी अगुवा एवं हामी नेपालका संयोजक सुदन गुरुङले बताए। ‘मैले कुलमान, बालेन र रबिलाई मिलाएरै छाडे’, उनको दाबी छ।
‘सहमतिका सबै कुरा मैले भन्न मिल्दैन। केहीबेरमा उहाँहरू नै सार्वजनिक गर्नुहुन्छ,’ उनले भने, ‘कुलमान पनि रास्वपाबाटै लड्ने भइसक्नुभयो।’
रवि र बालेनले यसअघि नै सहमति गरिसकेका थिए। यसअघि रवि, बालेन र कुलमानबीच पटकपटक छलफल भए पनि सहमति जुट्न सकेको थिएन।
1.6k
Shares

प्रतिक्रिया