राजनीति


स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँः स्वास्थ्यमन्त्री

स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँः स्वास्थ्यमन्त्री

नेपालखबर
पुस १४, २०८२ सोमबार १६:३९, काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमाका प्रावधानहरू सुधार एवं परिमार्जनका लागि गृहकार्य भइरहेको बताएकी छन्। राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा आज भएको छलफलमा उनले स्वास्थ्य बीमालाई दिगो बनाउन विज्ञ सहितको समिति गठन गरी समस्या र चुनौतीहरू पहिचान गरी निराकरणको थालनी गरिएको बताइन्।

‘सरुवा रोग तथा नसर्ने रोगको वर्तमान अवस्था, स्वास्थ्य बीमाको कार्यान्वयन र यसको समस्या तथा चुनौतीलगायत समितिले यसअघि दिएका निर्देशनहरूको कार्यन्वयनको प्रगति अवस्था’ बारे केन्द्रित छलफलमा डा गौतमले स्वास्थ्य बीमा झन्झटिलो प्रक्रिया बनेकामा यसलाई हटाउन होइन मिलाउनमा लागिपरिरहेको बताइन्।

मन्त्री गौतमले भनिन्, ‘स्वास्थ्य बीमा बोर्डमा आबद्ध प्रथम सेवा बिन्दुको व्यवस्थापन गर्नुपर्नेछ। बीमा ऐनको दफाहरूमा पनि धेरै परिमार्जन गर्नुपर्ने आवश्यकता छ त्यसमा पनि हामी विचार गर्देछ।’

मन्त्री गौतमका अनुसार स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष लगायतसँग बृहत् छलफल गरी सुधारका कार्य द्रुत गतिमा अघि बढेको र स्वास्थ्य बीमा बोर्डको स्थायी दरबन्दीका लागि मन्त्रिपरिषद्बाट सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) लागि पूर्वस्वीकृति प्राप्त भई कार्य भइरहेको छ। यसैगरी मन्त्री गौतमले स्वास्थ्य बीमाबापत अस्पतालहरूलाई भुक्तानी हुन बाँकी सात अर्ब बक्यौता रकम अर्थ मन्त्रालयबाट निकासाका लागि पठाइएको बताइन्।

डा गौतमले स्वस्थ्य जीवनशैली तथा खानपानमा सुधार गरेर नसर्ने रोगको रोकथाम तथा नियन्त्रणमा सबैजना लाग्नुपर्ने र यसलाई थप प्रचार तथा प्रवद्र्धनको आवश्यकता औँल्याइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad