नेपाल वायुसेवा निगमले इन्जिन सट्टापट्टाका लागि ए३२० जहाजलाई इजरायल पठाउँदै छ।
उक्त जहाज काठमाडौं–दुबई नियमित उडानपछि आज तेल अभिभ जानलागेको हो।
दुबईबाटै इजरायल जाने जहाजमा इन्जिन जडान तथा प्राविधिक प्रक्रिया पूरा भएपछि जनवरी दोस्रो साता इजरायलबाट नेपाल फर्किने निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्।
उनका अनुसार निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र निगम उच्च व्यवस्थापनको निरन्तर प्रयासस्वरुप लामो समयदेखि विवादमा रहेको विषय टुंगिएको र इन्जिन सट्टापट्टा गर्ने प्रक्रिया अघि बढेको हो।
इन्जिन मर्मत तथा भाडा खर्चसम्बन्धी विषयमा निगम र इजरायलस्थित आईएआईबीच मौजुदा रहेको मेन्टिनेन्स विथ लिज सपोर्ट सम्झौताको आधारमा वार्ताको माध्यमबाट सट्टापट्टाको समझदारी भएको हो। योसँगै प्रक्रिया सुरु भएको खड्काको भनाइ छ।
Shares

प्रतिक्रिया