नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचिमा नराख्ने निर्णय गरेको छ।
संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपालसहित पार्टीका शीर्ष नेतृत्वबीच आज बिहान भएको छलफलमा यसअघि प्रत्यक्ष वा समानुपातिकबाट निर्वाचित भएकाहरूलाई यसपटक सूचीमा राखिने छैन।
‘यो मापदण्डले अब सूची तयार गर्न सहज हुनेछ,’ नेकपाका एक नेताले भने,
आज समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन सिफारिस सूचि तयार गर्दा सबै नयाँ अनुहार पठाउने निर्णय नेपाली कम्युनिष्ट पार्टीले गरेको हो।
०७९ सालको निर्वाचनमा माओवादीबाट समानुपातिक प्रणालीबाट १४ जना उम्मेदवार बिजयी भएका थिए। त्यसैगरि एमालेबाट ३४, कांग्रेसले ३२, रास्वपाले ८, राप्रपाले ७ सिट जितेका थिए।
Shares

प्रतिक्रिया