प्रतिनिधिसभा निर्वाचनस् समानुपातिकतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन
आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउने आज अन्तिम दिन हो।
निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार आइतबारदेखि सुरु भएको यो प्रक्रियामा आज कार्यालय समयभित्र राजनीतिक दलहरूले आफ्ना उम्मेदवारहरूको अन्तिम सूची पेस गरिसक्नुपर्नेछ। पहिलो दिन आइतबार नेमकिपा, नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रिय जनमोर्चाले बन्दसूची बुझाएका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी), रास्वपा र राप्रपासहितका प्रमुख दलहरूले भने आन्तरिक तयारी र 'क्लस्टर' व्यवस्थापन मिलाएर आज सूची बुझाउने तयारी गरेका छन्।
दलहरूको तयारी र रणनीति
नेपाली कांग्रेसले यसपटक 'नयाँलाई अवस' दिने नीति लिएको छ। २०६४ देखि २०७९ सम्म समानुपातिक सांसद बनेकाहरूलाई नदोहोर्याउने र युवालाई समेट्ने प्रवक्ता डा.प्रकाशशरण महतले बताए।
नेकपा एमाले: एमालेले सचिव पद्मा अर्यालको नेतृत्वमा ११० सदस्यीय सूची तयार पारेको छ। २०७९ को निर्वाचनमा प्रत्यक्ष वा समानुपातिकतर्फ सांसद रहेका कसैलाई पनि यसपटक सूचीमा समावेश नगर्ने निर्णय गरिएको छ।
रास्वपा र बालेन पक्षको तालमेल: काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) सँगको सातबुँदे राजनीतिक सहमतिपछि रास्वपाले आफ्नो सूचीमा हेरफेर गर्दै सोमबार बिहानसम्म मतदानको नतिजाका आधारमा नाम टुंग्याउन तयारी गरिरहेको छ।
जसपा र लोसपा एकतास् यी दुई दलबीच एकताको सहमति भएकाले एकीकृत पार्टीकै नामबाट साझा बन्दसूची पेस गर्ने तयारी छ।
नेपालको संविधानअनुसार प्रतिनिधिसभामा मिश्रित निर्वाचन प्रणालीअनुसार विधायक चुनिन्छन्। जसमा १६५ जना प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन्।
समानुपातिक प्रणालीमा मतदाताले कुनै व्यक्ति (उम्मेदवार)लाई नभई राजनीतिक दललाई मत दिन्छन्। देशभरबाट प्राप्त गरेको कुल सदर मतको अनुपातमा दलहरूले संसद्मा सिट प्राप्त गर्दछन्।
समानुपातिक सांसद चुनिने प्रक्रिया
बन्दसूची पेस: दलहरूले निर्वाचन हुनुभन्दा अगावै उम्मेदवारहरूको प्राथमिकता क्रम निर्धारण गरी 'बन्दसूची' निर्वाचन आयोगमा बुझाउँछन्। बन्दसूची बुझाउने अज अन्तिम दिन हो।
थ्रेसहोल्ड: राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकतर्फ कुल सदर मतको न्यूनतम ३ प्रतिशत मत ल्याउनुपर्ने कानुनी व्यवस्था छ।
सिट बाँडफाँड: ३ प्रतिशत कटाउने दलहरूले प्राप्त गरेको मतलाई 'सेन्ट लग' विधिबाट सिट संख्यामा परिणत गरिन्छ।
समावेशी क्लस्टर: सिट संख्या प्राप्त गरिसकेपछि दलहरूले कानुनले तोकेका क्लस्टरहरू (आदिवासी जनजाति, खस आर्य, थारू, दलित, मधेसी, र मुस्लिम) बाट ३३ प्रतिशत महिला सुनिश्चित हुने गरी बन्दसूचीको प्राथमिकता क्रमका आधारमा नाम चयन गर्नुपर्छ।
Shares

प्रतिक्रिया