पाँचपल्टको विश्व विजेता ब्राजिल विश्वकप-२०२६ अन्तर्गत आइतबार बिहान भएको समूह सी को आफ्नो पहिलो खेलमा जितविहीन बनेको छ।
विश्वकपको दावेदार ब्राजिले मोरक्कोसँग १–१ को बराबरी खेलेको हो।
मोरक्कोले इस्माइल साइबरीको गोलमा खलेको २१ औँ मिनेटमा अग्रता लिएको थियो।
खेलको ३२ औँ मिनेटमा ब्राजिलका लागि भिनिसियस जुनियरले गोल फर्काएपछि ब्राजिल बराबरीको अवस्थामा आयो। त्यसपछि दुवै टिमले थप गोल गर्न सकेनन्।
यो खेलबाट दुवै टोलीले एकरएक अंक जोडेका छन्।
२०२२ को विश्वकपमा मोरक्कोले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।
606
Shares

प्रतिक्रिया