राजनीति


जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी समानुपातिक उम्मेदवार

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी समानुपातिक उम्मेदवार

नेपालखबर
पुस १३, २०८२ आइतबार २०:४३, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी समानुपातिक उम्मेदवार बनेका छन्। 

जनमोर्चाले आज (पुस १३ गते) निर्वाचन आयोगमा अध्यक्ष केसीको नाम १ नम्बरमा राखेर समानुपातिक उम्मेदवारहरूको बन्द सूची दर्ता गराएको हो। 

अध्यक्ष केसी बागलुङ जिल्लाको क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्।

केही समय यता परिवारको स्वास्थ्य समस्याका कारण रुपन्देहीस्थित घरमा बस्दै आएका केसीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि रश्मीराज नेपालीलाई दिएका छन्। 

जनमोर्चाले बुझाएको समानुपातिकको बन्द सूचीमा कार्यकारी अध्यक्ष नेपालीको नाम पनि समावेश रहेको महासचिव मनोज भट्टले जानकारी दिए। 

यस्तै, जनजातीतर्फ संविधानसभा सदस्य मीना पुन (बागलुङ), खस आर्यतर्फ नन्दराज भट्ट (कैलाली), महिलामा सकुन्तला राना(प्युठान), थारु जनजातीतर्फ खड्गबहादुर राना (कैलाली), दलिततर्फ लक्ष्मी विक रसाइली (नवलपुर) लगायतको नाम छ। 

जनमोर्चाले ११० जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको महासचिव भट्टले बताए।

आयोगले सो दलको बन्द सूचीलाई ३ नं मा दर्ता गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad