रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच आज चुनावी सहकार्यका लागि सम्झौता हुने भनिए पनि भेटमै ढिलाइ भएको छ।
सहमतिको खाका तयार पार्न कार्यदल गठन गरेरै छलफल भइ शुक्रबार नै प्रारम्भिक मस्यौदा समेत तयार भइसकेको थियो। त्यसलाई बालेन र रविबीच छलफल भएर अन्तिम रुप दिएरै आज सहमति गर्ने भनिएको भए पनि अहिलेसम्म रवि-बालेन भेट हुन सकेको छैन।
कार्यदलका एक सदस्यले रवि र बालेनबीच अझै भेटघाटको टुंगो लागि नगसकेको नेपालखबरलाई बताए। ‘आज मिटिङ भइरहेको छैन,’ उनले भने।
उनीहरू आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका घोषणा गरेर जान रास्वपा तयार भए पनि अन्य प्राविधिक विषयमा एकमत बनाउन बाँकी रहेको बताइएको थियो।
कार्यदलमा रास्वपाको तर्फबाट शिशिर खनाल र असिम साह तथा बालेनका तर्फबाट कुमार ब्यञ्जनकार र भुपदेव शाह छन्।
यसैबीच मेयर बालेनले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग शनिबार बिहान छलफल गरेका छन्।
भेटवार्तामा बालेनले रास्वपासँग भइरहेको सहमतिको खाकाबारे ब्रिफिङ गरेका थिए।
Shares

प्रतिक्रिया