बलिउड अभिनेता सलमान खान आज (डिसेम्बर २७, शनिबार) ६० वर्ष पुगेका छन्।
उनले शुक्रबार अबेर राति आफ्नो पनवेल फार्महाउसमा भव्यताका साथ ६०औँ जन्मदिन मनाएका छन्।
जन्मदिनको अवसरमा सलमानले आयोजना गरेको विशेष पार्टीमा बलिउड कलाकारदेखि क्रिकेटर महेन्द्र सिंह धोनीसम्म आफ्नो परिवारसहित सहभागी भए।
पार्टीमा सलमानको परिवारका सदस्यहरूका साथै सञ्जय दत्त, संगीता बिजलानी र करिश्मा कपुरलगायत धेरै जना सेलिब्रेटी उपस्थित थिए।
सलमानले आफ्ना बुबा सलिम खानको हात समातेर ठुलो केक काट्दै जन्मदिन मनाए। कालो टिसर्ट र जिन्समा आकर्षक देखिएका सलमानले परिवारलेसँगै 'ह्याप्पी बर्थडे' गाए।
उनले केक काटेर जन्मदिन मनाएको भिडिओ तथा तस्बिर यतिबेला सामाजिक सञ्जालमा छाएको छ।
भिडिओ :
42
Shares

प्रतिक्रिया