आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कोसी प्रदेशबाट नेपाली कांग्रेसले प्रत्यक्षमा १२७ जना र समानुपातिकमा २८५ जनाको नाम सिफारिस गरेको छ। निर्वाचन क्षेत्रबाट जिल्ला समिति हुँदै प्रदेश समितिमा आएको नामावलीलाई जस्ताको त्यस्तै केन्द्रीय समितिमा पठाएको नेपाली कांग्रेसका प्रदेश कमितिका मुख्य सचिव नारायण कोइरालाले बताए।
समानुपातिक सांसदहरुको लागि जिल्लाहरुबाट समानुपातिकको सिफारिसमा, पूर्व प्रदेश प्रमुख, पूर्ब मन्त्री, पूर्व सांसद, दलका नेताहरु धेरै देखिएका छन्। त्यति मात्रै हैन, मन्त्रीका छोरी र श्रीमतीहरुको समेत नाम सिफारिस गरिएको छ।
नेपाली कांग्रेसले ताप्लेजुङबाट प्रतिनिधिसभा समानुपातिक खुल्लातर्फ पूर्व मन्त्री प्रताप प्रकाश हाङ्गाम, पूर्व जिल्ला सभापति केशब प्रसाद दाहाल तथा महिलातर्फ कल्पनादेवी सिटौला (खड्का) को नाम सिफरिस गरेको छ। पाँचथरबाट शान्ता बाँस्कोटा (पूर्व गृह राज्यमन्त्री दिपकव्रकाश बाँकस्कोटाकी छोरी), जनीमायाँ थापामागर (पूर्व मन्त्री पूर्णकुमार शेर्माको श्रीमती) सिफारिसमा परेका छन्। त्यस्तै तेजमायाँ सुहाङ, मधु जवेगु, गंगामायाँ थेगिम, देवीप्रसाद काफ्ले, विमला सुब्बा र डिबि गुरुङको नाम समानुपातिकमा सिफारिस गरिएको छ।
इलाम १ बाट समानुपातिकतर्फ चक्र (अभिशेक) एक्तेन, भिष्म प्रधान, अनिता श्रेष्ठ र कुसुम दहालको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ बाट पूर्वसांसद सुजाता परियारसहित ७ जनाको नाम पठाएको छ । परियार यसअघि दुईपटक सांसद बनिसकेकी छन् । समानुपातिक सूचीका अन्य सदस्यहरूमा माधव चौलागाईं, प्रेमिका रानामगर, धनमान बराइली, शान्तिकला राई तामाङ, निर्मला सन्जेल र भवानीशमशेर राई रहेका छन् ।
झापाका ४४ जना समानुपातिमा सिफारिस
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको जिल्ला झापाबाट भने धेरैजनालाई समानुपतिकमा सिफारिस गरिएको छ। नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक गरि ६१ जनाको नाम सिफारिस गरेकोमा समानुपातिकमा ४४ जनाको नाम सिफारिस भएको छ।
क्षेत्र नं १ बाट ६ जना समानुपातिकमा नाम सिफारिस भएको छन्। जसमा रामबहादुर कट्टेल, खड्गबहादुर धिमाल, नारायण गिरी, गोमा भट्टराई, राधा कार्की र शोभा श्रेष्ठ नेम्बाङको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नं २ मा सीता पौडेल, उमा शिवाकोटी, हस्त परियार, मीरा खड्का, उर्मिला पोखरेल, देवी निरौला बस्नेत, मनुमाया विश्वकर्मा, पाण्डवलाल चौधरी, रणदेव हजाम र कृष्णबहादुर श्रेष्ठको नाम समानुपातिकमा सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ मा १० जनाको नाम समानुपातिकमा सिफारिस भएको हो ।
क्षेत्र नं ३ मा १० जनाको नाम सिफारिस गरिएको समानुपातिकतर्फ सुशीला ढकाल, हरिकृष्ण घोष, खड्ग राजवंशी, बडाराम हेमरम, सीतादेवी भट्टराई, लता कार्की, उर्मिला गौतम, कृष्णकली राजवंशी, लालबहादुर कन्दङवा र शिला तामाङको नाम सिफारिस गरिएको छ । क्षेत्र नं ४ मा सूर्यनारायण ताजपुरिया, सुन्दर बेस्रा, सन्तोषकुमार मेनेङ्बो, टङ्कबहादुर विश्वकर्मा, मथुरादेवी श्रेष्ठको नाम समानुपातिकमा सिफारिस भएको छ । यो क्षेत्रबाट ५ जनाको नाम सिफारिस गरिएको छ।
यसैगरी क्षेत्र नं ५ बाट १३ जनाको नाम सिफारिस गरिएको छ। महेन्द्राकुमारी लिम्बू, सुरेश सुब्बा, दिलीप राई, सत्यनारायण चौधरी, भूमिराज राई, चन्द्रा खड्का भट्टराई, कृष्णबहादुर धिमाल, रामकुमारी पौडेल, मेनुका बुढाथोकी, अम्बर बराईली, निरोज अग्रवाल, भीममाया उप्रेती (भुजेल) र रोहितकुमार शाहको नाम सिफारिस गरिएको नेपाली कांग्रेस झापाले जनाएकोछ।
नेपाली कांग्रेसले मोरङबाट ३४ जनाको नाम समानुपातिकका लागि सिफारिस गरिएको छ। समानुपातिकमा मोरङ–१ बाट सीता कार्की र इन्दु चौधरीको नाम सिफारिस भएको छ । मोरङ २ बाट पूर्व उपप्रधानमन्त्री तथा यसअघि समानुपातिक सांसद भएकी सुजाता कोइराला र अर्का गोपालामानसिंह राजभण्डारीको नाम सिफारिस गरिएको छ।
मोरङ ३ बाट बसन्त भट्टराई, सुयर्माराज राई, अताबुल मन्सुरी, भौसीदेवी खवास, भगवती पौडेल र पम्फा धिमालको नाम सिफारिस भएको छ। त्यस्तै मोरङ ४ बाट भक्तिनाथ माझी, विश्वनाथ रिजाल, रामकुमार विक, उदय राजबंशी, चन्दन चौधरी, मनिस परियार, विजय माझी, इन्दीरा कार्की, सूची चौधरी र डा मोहनलाल माझी छन्। मोरङ ५बाट रामनारायण केवरत, अर्जुनकुमार निरौला, सुबोध कुमार सिंह, अंगदेव साह सोनार, कमला श्रेष्ठ, अस्विनी मण्डल, मिना मुर्मु रहेका छन्।
मोरङ ६ बाट समानुपातिक तर्फ रमेशजङ्ग रायमाझी (पूर्व राष्टिय सभा सदस्य), डा. डिला संग्रौला (पूर्व समानुपातिक सांसद), रुक्मिणी कोइराला, प्रमिला गच्छदार (प्रदेश योजना आयोग सदस्य), मृदुला कोइराला, सीता पोखरेल घिमिरे र सरिता राना मगरको नाम छ। मोरङ ६ मा सिफारिस भएकी प्रमिला कुमारी गच्छदारको नाम सुनसरी क्षेत्र नम्बर ३बाट समेत राखिएको छ।
पूर्व प्रदेश प्रमुखको नाम समानुपातिक सूचीमा
सुनसरी जिल्लाबाट समानुपातिकमा ६० जनाभन्दा बढीको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर १ बाट मिना सुब्बा, कृष्णकला मादेन, पुजा धामी, मिना पुलामी, उर्मिला प्रधान, श्यामा रेग्मी, अनुपमा सुनुवार, प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाम्फे (पूर्व प्रदेश प्रमुख), सुवास राई, तिलकबहादुर सुनुवार, डा आनन्द आचार्य, विश्वराज भण्डारी, गोबिन्द बस्नेत र सचित शर्मा छन् । तुम्बाहाम्फे कोसी प्रदेशका पहिलो प्रदेश प्रमुख हुन्। सुनसरी २बाट समानुपातिकमा नवोदिताकुमारी चौधरी (पूर्व प्रदेश सभा सदस्य), दिलकुमारी राई, सुशिला चौधरी, सरला बस्नेत, बबिता चौधरी, सरिता आङ्दम्बे, चन्देश्पर शर्मा खत्वे, रामफल मण्डल, मोहन मेहता, केशीलाल चौधरी र भरत चौधरीको नाम पनि सिफारिस गरिएको छ।
सुनसरी क्षेत्र नम्बर ३ बाट गोमा पराजुली, प्रमिला गच्छदार, लक्ष्मीकुमारी ठाकुर, दिलमायाँ डाँगी, रेखा कौर प्रसाइँ, कृष्णकुमारी विक, सरिताकुमारी यादव, सिता भुसाल, कोशिला चौधरी, अनिताकुमारी उराँव, गोपाल राजभण्डारी, किशोर सिंह खवास, महेश प्रसाद बाँस्तोला, विष्णु डाँगी, गैरिशंकर रौनियार, ब्रम्हप्रकाश रौनियार, रामअवतार ठाकुर, कपलेश्वर यादव, मो. अब्दुल मियाँ र रेशमलाल चौधरी छन्।
क्षेत्र नम्बर ४ बाट सुशिलादेवी खनाल, राधिका कटुवाल, नगमा शाहिद अन्सारी, किसिता उराँव, उपेन्द्रबहादुर कटुवाल, बाबुराम आचार्य, डा प्रमोदकुमार खेरवार, मोहम्मद उलाउद्दिन हुसैन, जामिल अख्तर मियाँ, इर्फान मियाँको नाम क्षेत्र नम्बर ४ बाट सिफारिस भएको छ।
उदयपुरबाट २ निर्वाचन क्षेत्रको ४ जनाको नाम सिफारिस भएको छ। समानुपातिकमा सिफारिस भएकाहरुमा नारायणबहादुर कार्की केन्द्रीय सदस्य, रामकुमारी साह जिल्ला कमिटि सदस्य, सत्यनारायण चौधरी पुराना नेता, सिता राई महिला संघ क्षेत्रीय सभापति समानुपातिकको सूचीमा परेका छन्।
धनकुटामा समानुपातिकमा परेकाहरुमा १३ जनाको नाम छ । सिफारिस भएकाहरुमा उदय लिम्बु, मिना राई, करुणा कटुवाल, चन्द्र याख्खा, टिकादेवी भण्डारी, मिन कार्की, रेणु श्रेष्ठ, सिता प्रधान, हरि दियाली, रामकाजी रोघु, अम्बिका धमला, हरि अधिकारी र रामजी पोङ्ग्रे रहेका छन्।
त्यस्तै सोलुखुम्बुबाट ८ जनाको नाम सिफारिस भएको छ। प्रतिनिधि सभा समानुपातिकतर्फ छत्रध्वज बस्नेत, छिन्डिल्हमु शेर्पा, अशोक झा, सरला नाछिरिङ, एककुमारी बस्नेत, गीता गुरुङ, पुजा फुयाँल र दुर्गाप्रसाद दर्जीको नाम पठाइएको छ।
ओखलढुंगामा प्रतिनिधिसभाको समानुपातिकतर्फ तीनजना महिला नेतृको नाम सिफारिस गरेको छ । बाला अधिकारी, सबिता राई र संगीता तामाङको नाम जिल्लाबाट सिफारिस भएको हो ।
संखुवासभाबाट प्रतिनिधिसभामा समानुपातिक तर्फ विना पौडेल, ज्ञानबहादुर कार्की, जीवनकुमार सुन्दास, कल्पना कार्की, कुमारबाबु अधिकारी, मुना दाहाल, रामबहादुर बस्नेत, शेरबहादुर बन, सीतादेवी भट्टराई र उषा कार्की सिफारिस गरेको हो।
भोजपुरमा ८ जनाको नाम सिफारिस भएको छ । जसमा नन्दमणी राई, शिशिर राई, नारायणबहादुर कार्की, बिरबल राई, कृष्णबहादुर खड्का, धर्मराज राई, गणेश राइ र निर्मला खड्काको नाम सिफारिस गरेको भोजपुरका सभापति बिनोद (बान्तवा) राईले जानकारी दिए ।
तेह्रथुममा समानुपातिक तर्फ ४ जनाको नाम सिफारिसर गरेको छ । शारदा कोइराला, कृष्णमान तुम्बाहाम्फे, बसन्ती गुरुङ, सनिसा भेटवालको सिफारिस गरेको छ।
कोसीबाट सबै जिल्लाले प्रत्यक्ष र समानुपातिकको नाम सिफारिस गरिसकेको भए पनि खोटाङ जिल्लामा कांग्रेस भित्रको आन्तरिक किचलोका कारण अहिलेसम्म नाम सिफारिस हुन सकेको छैन। खोटाङका जिल्ला सभापति सहितका केही नेता कारवाहीमा परेको र कार्यवाहक सभापतिको समेत जिम्मेवारी नतोकिएको कारण त्यहाँबाट नाम प्राप्त नभएको नेपाली कांग्रेस कोसी प्रदेशका महामन्त्री भुपेन्द्र राईले जानकारी दिए।
नेपाली कांग्रेस प्रदेश समितिले सिफिारिस गरिएका नामहरु सार्बजनिक गर्न नमिल्ने प्रतिक्रिया दिएको छ।
Shares

प्रतिक्रिया