जनमत पार्टीका नेता विरेन्द्र साह प्रभु साह नेतृत्वको आम जनता पार्टीमा प्रवेश गरेका छन्।
साहले फेसबुकमार्फत जनमत पार्टीबाट राजीनामा दिएको घोषणा गरेपछि आजपाका अध्यक्ष प्रभु साहले उनलाई आफ्नो पार्टीमा स्वागत गरेका हुन्।
साहलाई पार्टीमा स्वागत गर्दै प्रभु साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट सांसद पदका निकटतम प्रत्यासी एवं जनमत पार्टीका नेता वीरेन्द्र प्रसाद साह पार्टी परित्याग गरी आजबाट हाम्रो आम जनता पार्टीमा प्रवेश गरेको स्वघोषणा गर्नुभएकोमा सहर्ष हार्दिक स्वागत, बधाई एवं शुभकामना व्यक्त गर्दछु।’

गत ०७९ को निर्वाचनमा साह जनमत पार्टीको तर्फबाट सिराहा–४ बाट उम्मेदवार बनेर दोस्रो भएका थिए। साहले १६ हजार २९४ मत ल्याएका थिए थिए।
Shares

प्रतिक्रिया