राजनीति


जेनजी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छ : उपराष्ट्रपति यादव

जेनजी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छ : उपराष्ट्रपति यादव

नेपालखबर
पुस ११, २०८२ शुक्रबार १३:१७, काठमाडौँ

जेनजी आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको उपराष्ट्रपति रामसहायप्रसाद यादवले बताएका छन्। 

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले जेनजी आन्दोलनले शिक्षण सिकाइलाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रुपान्तरण गर्न प्रेरित गरेको बताए। 

‘गत भदौमा जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको अवस्था छ। यसले शिक्षण सिकाईलाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रुपान्तरण गर्न प्रेरित गरेको छ,’ उनले भने। 

उनले लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई सुदृढ बनाउने अवसर पनि जेनजी आन्दोलनले प्रदान गरेको उल्लेख गरे। ‘लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई सुदृढ बनाउने अवसर पनि यसले प्रदान गरेको छ। त्यसैले थप परिमार्जित, रुपान्तरित र सीपयुक्त शिक्षामा जोड दिन जरुरी छ,’ उनले भने। 

मुलुकमा परिमार्जित, रुपान्तरित र सीपयुक्त शिक्षामा जोड दिन आवश्यक रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले त्यसमा निजी क्षेत्रले महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताए।  ‘निजी शिक्षालयहरूले शैक्षिक गुणस्तरमा थप योगदान पुर्‍याउने विश्वास मैले लिएको छु। यसका लागि सरकार नीतिसँग मेल खाने, स्थानीय संस्कृति र मूल्यलाई सम्मान गर्ने पाठयक्रम विकासमा यस संस्थाले सहकार्य गर्दै अघि बढ्नुपर्दछ,’ उनले भने। 

उनले सरकार नीतिसँग मेल खानेगरी शैक्षिक गतिविधिलाई अघि बढाउन पनि निजी क्षेत्रका शिक्षालको ध्यानाकर्षण गराए। ‘शिक्षकलाई निरन्तर तालिम, अनुसन्धान र नवप्रवर्द्धनमा प्रोत्साहन गर्दै राष्ट्र अनुकूल ज्ञान उत्पादनमा योगदान दिनुपर्दछ। समावेशी शिक्षा, समुदायसँग सहकार्य र राष्ट्र निर्माणमा सक्रिय सहभागिता अपेक्षित छ,’ यादवले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad