राजनीति


पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, अब यस्तो हुनेछ १५ मन्त्रीको सूची

पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, अब यस्तो हुनेछ १५ मन्त्रीको सूची

नेपालखबर
पुस ११, २०८२ शुक्रबार १२:३३, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै छिन्। 

आज (शुक्रबार) उनले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री बनाउने भएकी हुन्। 

शर्माको शपथ आजै दिउँसो २:३० बजे हुने स्रोतले नेपालखबरलाई जानकारी दिएको छ। 

योसँगै अब कार्की मन्त्रिपरिषद् १५ सदस्यीय बन्नेछ।

अझै रक्षा र खानेपानी मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीकै काँधमा छन्। 

हेर्नुहोस् सूची :

१. सुशीला कार्की, प्रधानमन्त्री (रक्षा र खानेपानी मन्त्रालयको पनि जिम्मेवारी)

२. रामेश्वर खनाल : अर्थ; संघीय मामिला तथा सामान्य प्रशासन

३. कुलमान घिसिङ : ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास

४. ओमप्रकाश अर्याल : गृह

५. अनिलकुमार सिन्हा : उद्योग, वाणिज्य तथा आपूर्ति; कानुन, न्याय तथा संसदीय मामिला; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

६. महावीर पुन : शिक्षा, विज्ञान तथा प्रविधि

७. मदन परियार : कृषि तथा पशुपन्छी विकास

८. जगदीश खरेल : सञ्चार तथा सूचना प्रविधि, 

९. सुधा गौतम : स्वास्थ्य तथा जनसंख्या 

१०. बब्लु गुप्‍ता : युवा तथा खेलकुद

११. कुमार इङ्नाम : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

१२. राजेन्द्रसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा

१३. माधव चौलागाईं : वन तथा वातावरण

१४. श्रद्धा श्रेष्‍ठ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

१५. बालानन्द शर्मा : परराष्ट्र मन्त्री

यद्यपि मन्त्रिपरिषद्‌मा शर्माको वरीयता भने निर्धारण हुन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad