राजनीति


नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै, शपथ २:३० बजे

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै, शपथ २:३० बजे

नेपालखबर
पुस ११, २०८२ शुक्रबार १२:१६, काठमाडौँ

वर्तमान सरकारमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा आज (शुक्रबार) परराष्ट्रमन्त्री बन्दै छन्। 

आजै दिउँसो २:३० बजे उनलाई मन्त्री पदको शपथ खुवाउने कार्यक्रम रहेको स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।

माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजन गर्ने विशेष समिति सचिवालयका संयोजक बनेका शर्मा ओली सरकारका बेला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का प्रमुख पनि बनेका थिए। 

साथै पूर्वरथी शर्मा नेपालमा स्थापनाको चरणमा रहेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेसनल डिफेन्स युनिभर्सिटी) का प्रमुख समेत बनेका थिए।

शर्माको नियुक्तिसँगै प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्‌ अब १५ सदस्यीय बन्नेछ।

अझै रक्षा र खानेपानी मन्त्रालय प्रधानमन्त्री कार्कीकै जिम्मेवारीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad