राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ।
अध्यक्ष कमल थापाले पुस १५ गते केन्द्रीय समितिको बैठक बोलाएको महामन्त्री राजाराम बर्तौलाले बताए। उनका अनुसार, पुस १५ गते दिउँसो १ बजे सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बस्नेछ।
राप्रपासँग हुने एकता घोषणा सभाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको महामन्त्री बर्तौलाले बताए। राप्रपा र राप्रपा नेपालबीच पुस १६ गते एकता घोषणा हुँदै छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष थापाबीच दुवै पार्टीबीच एकीकरण गर्ने सहमति भइसकेको छ। दुवै अध्यक्षले बुधबार सहमति पत्रमा हस्ताक्षर गरेका थिए।
51
Shares

प्रतिक्रिया