राजनीति


राजनीतिक दल र जेनजी दिनदिनै सरकार छोड् भन्छन्, मुलुक बंगलादेश नहोस्ः प्रधानमन्त्री कार्की

राजनीतिक दल र जेनजी दिनदिनै सरकार छोड् भन्छन्, मुलुक बंगलादेश नहोस्ः प्रधानमन्त्री कार्की

फाइल फोटो


नेपालखबर
पुस १०, २०८२ बिहिबार १६:११, काठमाडौँ

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छन्।

बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताइन्। 

प्रधानमन्त्री कार्कीले अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी गरिन्। राजनीतिक दल र जेनजीका समूहहरूले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको बताइन्। 

उनले सबैतिरबाट गाली आएको भन्दै दिग्दारी व्यक्त गरिन्। आफूहरू अहिले धैर्यधारण गरेर सबैकुरा सहेर बसेको उनको भनाई थियो।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी अचानो जस्तो पो रहेछौँ। राजनीतिक दलले पनि गाली गर्छ। मारले गाली गर्छ। अहिले छोड, भोलि छोड भन्छ । जेन-जीले पनि आजै छोड, भोलि छोड, पर्सि छोड भन्छ। छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट, थुक्क, पालो त दिएको थियो नि तिमीहरूलाई एउटा, तिमीहरूको औकात त छोडेर हिँड्ने न रहेछ, के गर्‍यौ भन्ने भाष्य आउँछ। हामी त पेण्डुलम जस्तो भयौँ। त्यही पनि सकस गरेर, मेहनत गरेर, बहुत धैर्य धारण गरेर काम गर्दैछौँ।’

उनले थपिन्, ‘निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ, युवाहरूमा। कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ। हाम्रो बारेमा पनि कथा लेख्नुस्। २५ वटा ३० वटा जेनजी समूहहरू हुनुहुन्छ। एउटाले एउटा काम, अर्कोले अर्को काम गर भन्नुहुन्छ। मुलुक बंगलादेश नहोस् भन्ने सुरमा हामी छौँ। बंगलादेश चाहिँ नहोस्।’

प्रधानमन्त्री कार्कीले कतै जाँदा पनि सुख नहुने अवस्थामा आफूहरु रहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad