राजनीति


६० सांसदलाई प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सामेल गराउन अनुमति

६० सांसदलाई प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सामेल गराउन अनुमति

नेपालखबर
पुस ९, २०८२ बुधबार १९:३५, काठमाडौँ

सर्वोच्च अदालतले  विघटित प्रतिनिधि सभाका ६० सांसदलाई प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सामेल गराउन अनुमति दिएको छ। 

आफूहरुलाई पनि सामेल गराउन माग गर्दै दिएको निवेदनमाथि बुधबार सर्वोच्चको संवैधानिक इजलासले सुनुवाइ गर्दै अनुमति दिएको हो।

मंगलबार नेपाली कांग्रेसका ५७ र अरु ३ गरी ६० सांसदले आफूहरुलाई पनि यसअघि विघटित संसदका कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिट निवेदनमा संलग्न गराई मुद्दाको पक्ष कायम गर्न माग गर्दै निवेदन दिएका थिए। 

उनीहरुको निवेदनमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा र नहकुल सुवेदीको इजलासमा सुनुवाइ भएको हो। 

घिमिरेसहित ८ सांसदले २०८२ मंसिर २३ गते रिट दायर गरेका थिए। उक्त रिटमा पुस २ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले नै प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरुसँग १५ दिनभित्रमा लिखित जवाफ पेस गर्न आदेश दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad