राजनीति


जेनजी प्रतिनिधि पुरुषोत्तम यादवसँग मानव अधिकार आयोगको ३ घण्टे बयान

बालेनदेखि रवि सम्मका प्रश्न सोधियो, २२ वटा लिखित जवाफ दिनुपर्ने
जेनजी प्रतिनिधि पुरुषोत्तम यादवसँग मानव अधिकार आयोगको ३ घण्टे बयान

नेपालखबर
पुस ९, २०८२ बुधबार १५:२६, काठमाडौँ

जेनजी प्रतिनिधि पुरुषोत्तम यादवसँग मानव अधिकार आयोगले बुधबार ३ घण्टा लामो बयान लिएको छ। 

बयान बिहान ११ बजे सुरु भई दिउँसो १ बजे सम्म चलेको थियो। यादव भदौ २२ गते जेनजी आन्दोलनका लागि अनुमति लिन काठमाडौँ सीडीओ कार्यालय पुगेका थिए।

आयोगका अनुसन्धान अधिकृतहरूले बयानमा यादवसँग ‘आन्दोलन कसरी सुरु भयो?’, ‘आन्दोलनको अनुमति लिन सीडीओ कार्यालय कसले लगे?’, ‘आन्दोलनको लागि संगठन कसरी बनाइयो?’ जस्ता प्रश्नहरू सोधेका थिए।

त्यस्तै, यादवलाई बालेन शाह र रवि लामिछानेलाई कसरी चिन्छन्?, विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई आन्दोलनमा कसले बोलायो?, सिंहदरबार र संसद् भवन कसले जलायो?, रेडिटमा सुरु भएको प्रसंग टिकटकमा कसरी भाइरल भयो? लगायतका विषयमा पनि प्रश्न सोधिएको थियो।

मानव अधिकार आयोगले यादवसँग एक हप्ता भित्र लिखित जवाफ पनि मागेको छ। उनलाई २२ वटा प्रश्नसहित फारम थमाइएको छ, जसको लिखित जवाफ दिनुपर्नेछ।

यसअघि आयोगले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग पनि बयान लिइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad