नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने छ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको सहभागीता रहने उनले बताए।
कार्यसम्पादन समितिको बैठकमा पार्टीको महाधिवेशन, आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनसहितका विषयमा छलफल हुने जनाएको छ।
कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने तय भएको छ।
१५ औं महाधिवेशनका लागि पूर्वनिर्धारित समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न नभएपछि कांग्रेसले महाधिवेशन कार्यतालिका हेरफेरको तयारी गरेको छ।
महाधिवेशनको दिन नजिकिए पनि कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिएको छैन।
Shares

प्रतिक्रिया