प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च जाने निवर्तमान सांसदको संख्या १४३ पुगेको छ। मंगलबार आफ्नो छुट्टै हस्ताक्षरसहित थप ६० सांसदले यसअघि कांग्रेसले दायर गरेकै रिटमा पक्ष कायम गर्न माग गर्दै निवेदन दिएका हुन्।
निवेदन दर्ता गर्दै सर्वोच्चले बुधबारलाई पेसी तोकेको छ। बुधबारको सुनुवाइपछि यी निवेदकलाई पक्ष कायम गर्ने/नगर्ने आदेश हुनेछ।
नेपाली कांग्रेसका ६५ र नेकपा एमालेक ७५ सहित जनमत, जसपा र स्वतन्त्र सांसद गरि १४३ जनाले हस्ताक्षरसहित आफूलाई पनि पक्ष कायम गर्न निवेदन दिएका छन्।
यसअघि कांग्रेसका ८ र एमालेका ७५ सांसदसहितले दिएका छुट्टाछुट्टै रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले लिखित जवाफ माग गरेको छ। सबै विपक्षीको जवाफ परेपछि अन्तिम सुनुवाइ अगाडी बढ्नेछ।
यी रिटमा सुनुवाइ संवैधानिक इजलासमा हुन्छ। संवैधानिक इजलास हरेक बुधबार बस्दै आएको छ।
Shares

प्रतिक्रिया