राजनीति


रवि लामिछाने तत्काल रास्वपाको मूल जिम्मेवारीमा फर्किने

रवि लामिछाने तत्काल रास्वपाको मूल जिम्मेवारीमा फर्किने

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १७:४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तत्कालै जिम्मेवारीमा फर्किने भएका छन्। 

जेलमुक्त भएपछि कानूनी र प्रशासनिक प्रक्रिया पूरा गरेर जिम्मेवारीमा फर्किने रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जनाएका छन्। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अर्यालले भनेका छन्, ‘कानूनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापतिज्यू तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने व्यहोरासमेत अवगत गराउँछौं।’

यससँगै रास्वपाले उच्च अदालतको फैसलाको सम्मान गरेको जनाएको छ। रास्वपाले भनेको छ, ‘उच्च अदालत तुलसीपुरको बुटवल इजलासले हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी सम्मान व्यक्त गर्दछ।’

त्यस्तै रास्वपाले न्यायिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको उल्लेख गरेको छ। ‘विधिको शासन, कानूनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सभापति लामिछानेमाथि लगाइएका झुटा मुद्दाहरू हाल यथावत् रहेको र यी मुद्दाहरू तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको शृंखला भएको स्पष्ट भइसकेकोले अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको शृंखलालाई पूर्णविराम लगाउने छ भन्ने विश्वास पार्टीले लिएको छ।’

लामिछानेको पक्षमा उभिएका सबैप्रति रास्वपाले आभार प्रटक गरेको छ। रास्वपाले भनेको छ, ‘राजनीतिक प्रतिशोधविरुद्ध एकजुट भएर निरन्तर खबरदारी गर्नुहुने देश–विदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपाली तथा विभिन्न अभियानमार्फत् न्यायका पक्षमा उभिएर सन्देश दिनुहुने पार्टी सदस्य एवं समर्थक  शुभेच्छुकहरुप्रति आभार व्यक्त गर्दछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad