समाज


भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन

भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १७:२४, काठमाडौँ

धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–स्थित तुल्सीयाहीमा रहेको वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवनको उद्घाटन वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मीणा र मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले संयुक्त रूपमा गरे।

नवनिर्मित विद्यालयको भवन उदघाटन गर्दै महावाणिज्यदूत मिणाले भारत सरकार नेपालको आधारभूत क्षेत्रको विकासकालागि सदैव तत्पर रहेको बताए।

उनले भारत सरकार नेपालमा शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यक्ता पूर्तिकालागि सदैव तयार रहेको भन्दै यो विद्यालयको भवन उद्घाटन त्यसकै उत्कृष्ट उदाहरण रहेको बताए।

उक्त विद्यालय भवन तथा सम्बद्ध पूर्वाधार उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत सो विद्यालय भवनको निर्माण गरिएको जनाइएको छ।

भारत सरकारले मधेसमा शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ लगायतको ८६ वटा परियोजनामा काम गरिरहेको कार्यक्रम मार्फत जानकारी दिइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad