राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवारको नामावलीमा जेनजी अभियन्ता पुरुषोत्तम यादव पनि परेका छन्।
रास्वपा प्रवक्ता मनीष झाले मधेस प्रदेशअन्तर्गतका उम्मेदवारको नाम सार्वजनिक गरेका हुन्। त्यसमा जेनजी अभियन्ता यादव पनि समेटिएका हुन्।

यादवले रास्वपाको समानुपातिक उम्मेदवारका रूपमा सिराहाबाट नाम टिपाएको नेपालखबरसँग बताए।
यसैबीच आज आफ्नो रिहाइका लागि रुपन्देही अदालत जाने क्रममा त्रिभुवन विमानस्थल पुगेका रास्वपा सभापति रवि लामिछानेसँग यादवले तस्बिर खिचाएका छन्। तस्बिर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
यादवले सभापति लामिछानेसँगै आफू पनि रुपन्देही जान लागेको बताएका छन्।
270
Shares

प्रतिक्रिया