राजनीति


एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज : के-के छन् एजेन्डा?

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज : के-के छन् एजेन्डा?

नेपालखबर
पुस ४, २०८२ शुक्रबार ८:६, काठमाडौँ

नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ।

बैठक दिउँसो १ बजे काठमाडौँको कार्की ब्यांक्वेटमा बस्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम बिहीबार साँझ नै भइसकेको छ।

शपथपछि पार्टीको नयाँ कार्यकाल औपचारिक रूपमा सुरु भएको मानिएको छ।

आजको बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, केन्द्रीय कमिटीका जिम्मेवारी बाँडफाँट तथा आगामी कार्ययोजनाबारे छलफल हुने बताइएकाे छ।

साथै पार्टीको केन्द्रीय सचिवालय र स्थायी कमिटी गठनसम्बन्धी विषय पनि बैठकको एजेन्डामा पर्न सक्ने नेताहरूले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad