नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रमाथि अविश्वास व्यक्त गर्दै पार्टीलाई आफ्नै सुरक्षा व्यवस्थामा सजग रहन निर्देशन दिएका छन्।
बिहीबार एमालेको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरे। ‘धोका पाउन सक्छौँ, आफ्नो सुरक्षा आफैँ गर्नुपर्छ,’ ओलीले भेन, ‘शान्ति सुरक्षा आफैँले गर्नुपर्छ।’
ओलीले एकहप्ताभित्र पार्टीको सुरक्षा टिम गठन गर्न निर्देशन दिँदै सम्भावित धम्की आउनसक्ने चेतावनी पनि दिए। उनले भने, ‘जेनजीको नाममा धाकधम्कीआउन सक्छ, एक हप्ताभित्र सुरक्षा टिम बनाउनू।’
240
Shares

प्रतिक्रिया