राजनीति


एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली

एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली

नेपालखबर
पुस ३, २०८२ बिहिबार १९:२७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण वा जाली मुद्दा लगाउने प्रयास भए देश ठप्प पार्ने चेतावनी दिएका छन्।

बिहीबार पार्टीको शपथग्रहण समारोहपछि काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पञ्चायतकालीन कूकर्म पुनः दोहोर्‍याउने प्रयास भइरहेको आरोप लगाउँदै त्यसविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए।

‘नेकपा एमालेको नेतृत्वमाथि प्रचारको हल्लाले भएन, अब भौतिक हमलाद्वारा आक्रमण गर्ने वा जाली मुद्दा लगाउने पञ्चायतकालीन कूकर्मको फेरि थालनी गर्ने हल्ला मच्चाइएको छ,’ ओलीले भने।

एमालेलाई छोए देश ठप्प पार्ने र सरकार ढाल्ने समेत ओलीले धम्की दिए। ‘एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ। यो सरकार ढल्नुपर्छ, ढालिनेछ यो सरकार,’ उनले भने।

ओलीले एमाले नेतृत्वमाथि जाइलाग्नु महँगो पर्ने चेतावनी दिँदै भने, ‘संसारमा केही महँगो पर्थ्यो भने एमालेलाई छुनु महँगो पर्नेछ। यो कुराको लागि हामीले कुराले होइन, कामले तयार हुनुपर्छ, गरेर देखाउनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad