राजनीति


गुरु बराल केन्द्रीय सदस्यमा पनि पराजित

गुरु बराल केन्द्रीय सदस्यमा पनि पराजित

नेपालखबर
पुस ३, २०८२ बिहिबार १४:५७, काठमाडौँ

उपाध्यक्षमा पराजित भएका नेकपा (एमाले)का नेता गुरुप्रसाद बराल केन्द्रीय सदस्यमा पनि हारेका छन्। 

एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार, बरालले केन्द्रीय सदस्यमा ७५४ मत मात्रै पाए। एमाले केन्द्रीय सदस्यमा १ हजार ५०० भन्दा बढी मत ल्याउने निर्वाचित भएका छन्। 

यसअघि बराल उपाध्यक्षमा पनि पराजित भएका थिए। उनले उपाध्यक्षमा १ हजार १३७ मत मात्रै पाएका थिए। 

एमाले पाँच उपाध्यक्ष रहने व्यवस्था छ। उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ (१७३७), विष्णुप्रसाद पौडेल (१६७५), रामबहादुर थापा बादल (१५१६), गोकर्णराज विष्ट (१३६८) र रघुजी पन्त (१२५८) निर्वाचित भएका हुन्। 

यो पनि पढ्नुहोस् : एमालेका पाँच उपाध्यक्षको नतिजा : ईश्वर प्यानलका विष्ट मात्र विजयी, ओली पक्षका यी ४ जना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad