तत्कालीन माओवादी केन्द्र छाडेर एमाले बनेका जीवन गौतम केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजिनक गरेको अन्तिम मत परिणामअनुसार, गौतमले १ हजार ९४ मत पाएका छन्। तत्कालीन माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका उनी केपी ओली खेमाबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए।
माओवादीमा हुँदा पनि गौतम पार्टीको केन्द्रीय सदस्य नै थिए। तर, २०७९ सालको स्थानीय तह निर्वाचनमा गौतमलाई प्रचण्डले दाङको घोराही उपमहानगरमा मेयरको टिकट नदिएपछि उनले पार्टी परित्याग गरेका थिए।
गौतम माओवादीमा हुँदा नारायणकाजी श्रेष्ठ निकट नेताको रुपमा चिनिन्थे। उनी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका नेता हुन्।
849
Shares

प्रतिक्रिया