राजनीति


विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि हारे

विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि हारे

नेपालखबर
पुस ३, २०८२ बिहिबार १४:३२, काठमाडौँ

पदाधिकारीमा पराजित भएका नेकपा (एमाले)का नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि हारेका छन्। 

एमाले केन्द्रीय निर्वाचत आयोगले बिहीबार सार्वजनिक गरेको अन्तिम निर्वाचन परिणामअनुसार, रिमालले केन्द्रीय सदस्यमा ६३० मत मात्रै पाएका छन्। केन्द्रीय सदस्यमा निर्वाचित हुने उम्मेदवारले कम्तिमा १ हजार ५०० मत पाएका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता रिमाल यसअघि उपमहासचिवमा पनि पराजित भएका थिए। उनले १ हजार ९१ मत पाएका थिए। 

एमाले उपमहासचिवमा उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका हुन्। लेखराजले १ हजार ४५२, रघुवीरले १ हजार ३६८ र योगेशले १ हजार ३४८ मत पाएका छन्। एमालेमा तीन जना उपमहासचिव रहने व्यवस्था छ। 

यो पनि पढ्नुहोस् : एमाले उपमहासचिवमा विष्णु रिमाल पराजित

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad