ad ad

राजनीति


नेकपा सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले लेखेका थिए यस्तो कविता...

नेकपा सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले लेखेका थिए यस्तो कविता...

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ४:४३,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको तीव्र विवाद अहिले केही साम्य भएको छ।

शनिबार साँझ सम्पन्न सचिवालय बैठकले विवादलाई केही मत्थर पारेको हो।

याे पनि: नेकपा बैठकः ओलीलाई लगाम, दुबै पक्षको जित

यसअघि पार्टीका एक अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट हटाउने निष्कर्षमा पुगेका नेकपाका नेताले तत्काललाई यो विषय थाँती राखेका छन्।

त्यसअघि पार्टीको विवाद उत्कर्षमा पुगिरहेका बेला ओलीले एउटा कविता लेखेका थिए- ‘अब आँसु खसाउनु पर्दैन’ शीर्षकमा।

नेकपा सचिवालय बैठकअघि गत शुक्रबार ओलीले लेखेकाे त्यस कविताले निकै चर्चा पाएको छ। जुन यस्ताे छ:

अब आँसु खसाउनु पर्दैन
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
बढ्यो नेपाल अब अघि बढ्यो
विकासमा पछि पर्दैन
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाल्नु पर्दैन
०००
सामाजिक न्याय र समानता
अधिकारसम्पन्न जनता
मेची–काली पहाड–तराई
निर्भय वातावरण सुरक्षित नारी
अब आधुनिकतामा बढ्यो नेपाल
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
०००
फाटोका खेती कुहिन्छन्
स्वार्थी हिंसा तुहिन्छन्
अब चेलीका चुरा फुट्दैनन्
कोही टुहुरा पर्दैनन्
गणतन्त्र हो यो गणतन्त्र
शक्तिका स्रोत जनताको
जनतन्त्र हो यो जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
१ मे २०२०
बिहान २ः३० बजे

kabita woli 11

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .