ad ad

समाज


याे वर्ष विवाहका साइत जम्मा १८, धेरैजसो लकडाउनमै सकिने!

याे वर्ष विवाहका साइत जम्मा १८, धेरैजसो लकडाउनमै सकिने!

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ४:१४,

वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि २०७७ सालमा जम्मा १८ वटा मात्र लग्न निस्किएको नेपाल पचांग निर्णायक समितिले जनाएको छ।

वर्षको पहिलो महिना वैशाखमा सबैभन्दा बढी अर्थात् सातवटा लग्न निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए।

वैशाखको १३, १४, १९, २०, २२, २३ र २५ गते लग्न जुरेको समितिले स्वीकृति दिएका पात्रोमा पनि उल्लेख छ। कोरोना भाइरसको संक्रमणबाट बच्न जारी बन्दाबन्दीका क्रममा यी सबै लग्न सकिनेछन्।

गत चैत ११ गतेदेखि कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले बन्दाबन्दी गरेको छ। वैशाख २५ गतेपछि पनि बन्दाबन्दी बढ्ने सम्भावना हुन सक्छ। पहिलो महिनामा दिइएको वर्षकै सबैभन्दा बढी विवाहको लग्न बन्दाबन्दीमै सकिने भएपछि यो वर्ष लगनगाँठो कस्ने योजना बनाइरहेका युवायुवती प्रभावित हुने भएका छन्।

यसैगरी जेठको ४, ५, १० र ३१ गते गरी चारवटा लग्न छन्। असारमा ११, १३ र १४ गते तीनवटा मात्र लग्न छ। मंसिरको १६, २१, २२ र २६ गते गरी चारवटा मात्र लग्न निस्किएको समितिले जनाएको छ। यस वर्ष मंसिरपछि विवाहको लग्न छैन।

माघ र फागुनमा बृहस्पति एवं शुक्र ग्रह अस्त हुने भएकाले विवाहको लग्न ननिस्किएको अध्यक्ष गौतमले बताए। यस वर्ष जेठ १७ गते शनिबार पश्चिममा शुक्र अस्त भई २६ गते सोमबार पूर्वमा उदय हुन्छ।

यसैगरी माघ ४ गते आइतबार बृहस्पति पश्चिममा अस्त भई फागुन २ गते आइतबार नै पूर्वमा उदाउने छ। माघ ३० गते शुक्रबार शुक्र पूर्वमा अस्त भएपछि २०७८ लागेपछि मात्र उदाउने भएकाले यस वर्ष माघ र फागुनमा विवाह एवं व्रतबन्धका साइत ननिस्किएको समितिले जनाएको छ। यसैकारण चैतमा व्रतबन्धको साइत पनि छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .