राजनीति


जाँचबुझ आयोगले केपी ओलीलाई अर्को हप्ता बयानमा बोलाउने

जाँचबुझ आयोगले केपी ओलीलाई अर्को हप्ता बयानमा बोलाउने

नेपालखबर
पुस २, २०८२ बुधबार १६:५८, काठमाडौँ

भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला भएका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतकालाई अर्को हप्ता बयानमा बोलाउने भएको छ। 

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अर्को हप्ता आयोगले बाँकी रहेका सबैलाई बयानमा बोलाउने तयारी गरेको जानकारी दिए। ‘हामी सबैलाई बोलाउँछौँ,’ प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेर फर्किँदै गर्दा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘अर्को हप्ता बोलाउँछौँ।’

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पनि बोलाउनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘सबैलाई बोलाउँछौँ।’

आयोगको म्याद एक महिना थप

त्यस्तै आयोगले काम नसकिएको भन्दै आयोगको म्याद थप एक महिना थप्न पनि प्रधानमन्त्रीसँग आग्रह गरेको छ। सार्वजनिक विदा र प्रहरीले विवरण दिन ढिला गरेका कारण समय नपुगेको भन्दै कार्कीले समय थप गर्न आग्रह गर्नुपरेको बताए। 

म्याद थपका लागि प्रधानमन्त्री कार्की सकरात्मक देखिएकी छिन्। ‘हाम्रो म्याद सकिन लाग्यो, काम अझै बाँकि छ,’ कार्कीले भने, ‘हामी प्रधानमन्त्रीज्युसँग त्यही कुराकानी गर्न आएको हौं। एक महिना हामीलाई थप्नु पर्छ। समय पुगेको छैन। के गर्ने भन्दाखेरी २ हप्ता बढि त बिदा नै भयो। प्रहरीले एक महिनासम्म लिष्ट पठाएन। त्यसकारण काम गर्न ढिलाई भयो। त्यसकारण एक महिना थप्नु पर‍्यो‍ भन्यौँ। प्रधानमन्त्रीज्यूले प्रस्ताव पठाउनु थपिदिन्छु भन्नुभयो।’

जेनजी आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भएको भन्दै अनुसन्धानगरी दोषी उपर कारबाही गर्ने कार्यादेशसहित उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad