राजनीति


एमाले महाधिवेशनः मतदानको समय तीन घण्टा थपियो

एमाले महाधिवेशनः मतदानको समय तीन घण्टा थपियो

नेपालखबर
पुस २, २०८२ बुधबार १६:४१, काठमाडौँ

नेकपा नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको मतदानको समय तीन घण्टा थपिएको छ। 

साँझ ५ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने व्यवस्था भएकोमा तीन घण्टा थपिएको महासचिवका प्रत्यासी शंकर पोखरेलले जनाएका छन्। 

महासचिव पोखरेलका अनुसार अब ८ बजेसम्म भित्र प्रवेश गर्नेले मतदान गर्न पाउने छन्। 

नेतृत्व चयनका लागि जारी मतदान निकै सुस्त गतिमा चलिरहेको छ। केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार दिउँसो ३ बजेसम्ममा ६ सय ५० मतदान भएको हो। बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो।

८० वटा मेसिनमा मतदान भइरहेको छ।

उत्साह साथ प्रतिनिधि मतदानमा सहभागी भए पनि मतदान प्रक्रियाले लामो समय लिएको हो। एमाले महाधिवेशनमा जम्मा २ हजार २ सय ६३ प्रतिनिधिरहेका छन्। मतदान गरेर फर्किएकाहरुले आफूलाई मतदान गर्न ३० मिनेट जति समय लागेको बताएका छन्।

चुनाबी प्रतिस्पर्धा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा दुई अलग–अलग प्यानल रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad