नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान चलिरहेको छ।
गएको मंसिर २७ गतेदेखि काठमाडौँमा जारी एमालेको ११औँ महाधिवेशनले तीनसय एक सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ।
एमालेको अध्यक्षको लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ।
ओली र पोखरेल दुवै नेता आआफ्ना प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन्।
बुधबार बिहान नौबजेदेखि भृकुटीमण्डपमा जारी मतगणनामा अध्यक्षका उम्मेदवारद्य ओली र पोखरेल, महासचिव पदका उम्मेदवार शंकर पोखरेल लगायतले सुरुमै मतदान गरेका छन्।
मतदान विद्युतीय भोटिङ मेसिनमार्फत भइरहेको छ।
शंकर पोखरेल अध्यक्ष ओली समूहबाट महासचिव पदमा उठेका हुन् भने उनलाई पोखरेल प्यानलबाट सुरेन्द्र पाण्डेले चुनौती दिइरहेका छन्।












102
Shares

प्रतिक्रिया