राजनीति


कांग्रेसले चयन गर्‍यो पाँच विषयगत उपसमिति संयोजक

कांग्रेसले चयन गर्‍यो पाँच विषयगत उपसमिति संयोजक

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार १७:२१, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पाँच वटा विषयगत उपसमिति संयोजक चयन गरेको छ।

शुक्रबार बसेको प्रतिष्ठानको बैठकले प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माकोको प्रस्तावमा ५ विषयगत उपसमिति तय गरेको हो। 

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार डायस्पोरा डाईलग उपसमिति संयोजकमा डा यादव पण्डितलाई चयन गरिएको छ।

उक्त उपसमितिलाई नागरिकता, लगानी र मतदानको अधिकार सम्बन्धमा जनसम्पर्क समितिको पदीय संरचना बाहिरको वृहत् विश्व समाजसँग नीति संवाद र समन्वय गर्ने कार्यादेश दिइएको छ। 

यस्तै स्वास्थ्य बिमा र सेवामा पहुँच नीतिगत संवाद उपसमिति संयोजकको जिम्मेवारी डा. अन्जनीकुमार झाले पाएका छन् भने घरेलु एवं डिजिटल हिंसा सचेतना उपसमिति संयोजकमा स्वीकृति पौडेल चयन भएकी छन्। 

यस्तै, सार्वजनिक यातायात र सडक सुरक्षा सचेतना उपसमिति संयोजकमा श्रीप्रसाद भलामी र खेलकुद नीति संवाद उपसमिति संयोजकमा विनोद दास चयन भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad